सरकार ढाल्ने खेलमा लागेका सबैको प्रतिकारमा उत्रनु आवश्यक भयोः पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सबैतर्फबाट सरकार ढाल्ने गलत त्रिलयाकलाप भइरहेको भन्दै त्यसलाई रोक्न सबै नागरिक प्रतिकारमा उत्रिने समय आएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो भनाई व्यक्त गर्दै उपप्रधानमन्त्री पोखरेलले के सही र के गलत भन्ने विषयमा आम नागरिक सचेत रहेको भन्दै हरेक क्षेत्रमा देखिएको गलत प्रवृतिविरुद्ध एकजुट हुनुपर्ने समय आएको बताएका हुन् ।

निर्वाचनिमार्फत् जनताले नै यो सरकार बनाएका भन्दै पोखरेलले यो सरकार ढाल्ने काम भएमा मुलुक तथा नागरिकका लागि दुर्भाग्य भएको उनले बताएका छन् । आगामी निर्वाचानमार्फत् नै सरकारले गरेका काम तथा कमजोरीको हिसाबकिताब हुने भन्दै उपप्रधानमन्त्री पोखरेलले जनतामा निराशा फैलाउने तथा मुलुकमा राजनीतिलाई अस्थिरतामा नै कायम राख्ने प्रयास भइरहेको बताए ।

अहिले सबैले प्रहार गरेर सरकार ढाल्ने खेल भइरहेको र यसलाई रोक्नु आवश्यकता भएको उनको भनाई थियो । सबै राजनीतिक दल तथा व्यक्ति सरकार ढाल्ने कार्यमा सक्रियताका साथ लागिरहेको र यस्ता कार्यले गर्दा सरकारले काम गर्न नसकेको उनको आरोप थियो ।

कमेन्टहरु
Loading...