मुलुकको राजनीति नयाँ मोडमा पुग्योः डा.भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको राजनीति नयाँ दिशामा अगाडि बढ्ने संकेत मिलेको बताएका छन् । कर्णाली प्रदेशको शुक्रबारको घटनाले मुलुकको राजनीति नयाँ दिशामा अगाडि बढेको संकेत मिलेको डा.भट्टराईले टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा पूर्व प्रधानमन्त्री समेत रहेका जसपा संघीय परिषद् अध्यक्ष डा.भट्टराईले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ इंगित गर्दै कर्णाली प्रदेशको घटनाबाट भष्मासुर र मोहिनीको नृत्य समापन हुने संकेत पाइएको बताएका छन् ।

‘गण्डकी र कर्णाली प्रदेशको सन्देश बेलैमा बुझौं ! मूल्यमान्यताको राजनीतिलाई कानुनी भ्रमजालले छोप्ने दुष्प्रयास नगरौं ।’ उनले ट्वीटरमा लेखेका छन्, ‘कुनै घटनाको मुख्य चालकतत्व बाह्य हैन, आन्तरिक हुन्छ भन्ने नभुलौं । सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने नबिर्सौं।भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुककदैछ प्रतीक्षा गरौं !’

कमेन्टहरु
Loading...