काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
त्यसैगरि प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकको निम्तो दिनका लागि अध्यक्ष प्रचण्डलाई फोन गरेको बताएको छ ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि दुई नेताबीच भेटवार्ता भएको छैन ।