कर्णाली प्रदेश सभामा सांसदहरुले पार्टीको ह्विप विपरित मतदान गरेपछि नेकपा एमाले संसदीय दलको आकस्मिक बैठक शुरु भएको छ ।
संसदीय दलका नेता यमालाल कडेंलले आकस्मीक बैठक शुरु गरेका हुन् ।
पार्टीको ह्विप विपरित मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतदान गरेका चार जना सांसद काश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापा र पहिला मतदान गरि पछि सच्चाउने देवी ओलीलाई पनि कारबाही गर्ने तयारी रहेको छ ।