कर्णालीमा माओवादी सरकार जोगाइदिने एमालेका चार सांसद

पोखरा । नेकपा एमाले चार सांसदले फ्लोर क्रस गरेपछि कर्णालीमा महेन्द्र बहादुर शाहीको सरकार जोगिएको छ ।

पार्टी ह्विप विपरित मतदान गर्ने प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले फ्लोर क्रस गरेका हुन् ।

माधव नेपाल समुह एमालेको कर्णाली प्रदेशका संयोजक रहेका ज्वाला यसअघि कर्णाली प्रदेशका अर्थमन्त्री थिए । बुढा पनि सर्मथन फिर्ता लिनुअघिको मन्त्रिपरिषद्मा रहेका थिए ।

कालीकोटका शाही र दैलेखका थापाले अब मन्त्रिपरिषद्मा समेटिने गरि शाहीलाई मतदान गरेका हुन् ।

ह्विप क्रस गर्ने चारै जनालाई अब संसदिय दलले किन ह्वीप उल्लङ्घन गरेको भनेर प्रष्टीकरण सोध्नसक्छ । जवाफ चित्त बुझेन भने केन्द्रीय समितिलाइ कारबाहीको सिफारिस गर्छ र सभा सदस्यबाट मुक्त गर्न सभामुखलाइ पत्र दिन्छ । केन्द्रले निलम्बन वा कारबाही वा पद खाली वा जुनसुकै खालको कारबाही गराउन सक्नेछ ।

कमेन्टहरु
Loading...