कर्णालीमा सरकार ढल्नबाट बच्यो: पक्षमा २२ मत , विपक्षमा १५ मात्रै

पोखरा । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभामा आज भएको मतदानमा सहभागी ३७ जना मध्य शाहीको पक्षमा २२ जनाले मतदान गरे भने विपक्षमा १५ जनाले मतदान गरेका थिए ।

कर्णाली प्रदेशमा एमालेका सभामुख बाहेक १९ सांसद रहेका छन् । भने माओवादीका १२ र कांग्रेसका ६ सांसद छन् । आजको मतदानमा एमालेका सांसदहरुले मतदान क्रस गरेकै कारण मुख्यमन्त्री शाहीको सरकार जोगिएको छ ।

कमेन्टहरु
Loading...