ओलीको तानाशाही सक्किएको छैन, तानाशाहीविरुद्ध निरन्तर लाग्छुः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता स्वार्थका लागि देशलाई नै बन्धकी पार्न खोजिएको बताएका छन् ।

बाग्मती प्रदेश स्तरीय कराँते प्रतियोगिताको उद्घाटन गर्दै पार्टीका अध्यक्ष प्रचण्डले सत्ताको लोभ, लालच तथा स्वार्थका कारण सरकार प्रमुखले नै मुलुकलाई बन्धकी बनाउन खोजेको आरोप लगाएका हुन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा जनताको आत्मसम्मान, प्रतिष्ठा तथा राष्ट्रिय स्वाधीनतामाथि नै प्रश्न उठाएर गलत कदम चालेको प्रचण्डले आरोप लगाए ।

ओली नेतृत्वको सरकार नै राष्ट्रिय हित विपरीत कार्य गरेको र यो नेपाल नागरिकलाई स्वीकार्य नहुने प्रचण्डको भनाई थियो । नाम नलिए पनि उनले संकेत गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले राष्ट्रिय हित विपरीतका कयौं काम गरिरहेको आरोप लगाएका थिए । ओलीको तानाशाही अझै नसक्किएको र यसलाई परास्त गर्न आफू निरन्तर लागिरहने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् ।

कमेन्टहरु
Loading...