गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, विशेष अधिवेशनको माग गर्ने तयारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेससहितका अन्य दलका २८ जना प्रदेशसभा सदस्य मिलेर मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । अविश्वासको प्रस्ताव दर्ता गर्नेमा नेपाली कांग्रेससहित माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीका २८ जना प्रदेशसभा सदस्य रहेका छन् । अविश्वासको प्रस्ताव दर्ता भएसंगै मुख्यमन्त्रीका रुपमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ ।

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसंगै दलहरुले प्रदेश प्रमुख अमिक शेरचनसंग विशेष अधिवेशनको माग गर्ने भएका छन् । अहिले ३ बजे प्रदेश प्रमुख शेरचनसंग विशेष अधिवेशनको माग गर्ने बताइएको छ ।

कमेन्टहरु
Loading...