नेपालमा ‘मेरो कित्ता’ सेवा सुरु भएसंगै मालपोत कार्यालय धाइरहनुपर्ने समस्या हट्यो

काठमाडौं । नेपालमा ‘मेरो कित्ता’ सेवा सुरु भएको छ । आज प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घर जग्गा अनलाइन सेवा ‘मेरो कित्ता’ सेवाको सुभारम्भ गरेसंग उक्त सेवा सुरु भएको हो । यो सेवा सुरु भएसंगै अब नेपालमा फिल्डमा नै गएर घर जग्गाको नक्सा हेर्नुपर्ने समस्याबाट मुक्त हुने छन् । घर जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न समेत घरबाट नै मिल्ने छ ।

यो सेवा सुरु भएसंगै घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसका लागि लाग्ने सेवा शुक्ल तिर्न मालपोत कार्यालय धाइरहनुपर्ने छैन । नापी विभागले घर जग्गा सम्बन्धी सबै सेवा घरमा नै बसेर लिन सकियोस् भन्ने उद्देश्यसहित ‘मेरो कित्ता डट जिओभी डट एनपी’ सफ्टवयेरको विकास गरेको छ । यो सेवा पहिलो चरणका लागि काठमाडौंको कलंकी, डिल्लीबजार तथा भक्तपुरको कार्यालयमा लागू हुने बताइएको छ ।

कमेन्टहरु
Loading...