मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन, समस्या टार्न अधिवेशन अन्त्यकाे घाेषणा

 

गन्थन डेस्क

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध विपक्षी दलहरुले अविश्वासको प्रस्ताव हेतु हस्ताक्षर संकलन गरेका छन् ।

यस विषयमा विपक्षीहरुले संसद सचिवालयमा जानकारी दिनेछन् । हस्ताक्षर संकलन सकिएको छ भने अब नेपाली कांग्रेसको बैठक सुरु हुन लागेको छ । विपक्षी दलले हस्ताक्षर संकलनपछि यस विषयमा सचिवालयलाई सूचना दिने जनाइएको छ ।

बुधबार अपरान्ह जनमोर्चाले सरकारलाइ समर्थन नदिने भएपछि विपक्षी दलहरु सत्तापलटको योजनामा छन् । बहुमतको संख्या पु¥याउन जनमोर्चाको मत निर्णायक भएप्छि बुधबारको दृश्यले गण्डकी प्रदेश सरकारलाई कमजोर बनाएको छ ।

विपक्षीहरुले योजना बनाइरहे पनि मुख्यमन्त्री गुरुङ भने अझै पनि सरकार परिवर्तन भइहाल्ने विश्वास गर्दैनन् । उनका नजिकका सुत्रका अनुसार मुख्यमन्त्री गुरुङले केही फरक स्ट्राटेजी बनाइरहेका छन् ।

नेपाली कांग्रेसको अगुवाइमा भएको सत्तापलटको खेलमा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेल नयाँ मृख्यमन्त्रीकोरुपमा अघि सारिएका छन् । आगामी ६ गतेदेखि सुरु हुने संसद बैठक अगावै सम्पूर्ण प्रक्रिया पुरा गरी अविश्वासको प्रस्ताव पेश गर्ने तयारीमा विपक्षी दलहरु जुटेका छन् ।

यसैबीच, मन्त्रीपरिषदको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको चालु अधिवेशन बुधबार मध्यरातदेखि अन्त्य गरिएकाे जनाएका छन् । मुख्यमन्त्रीले विषम परिस्थितिलाई मध्यनजर गरी अधिवेशन अन्त्यकालागि प्रदेश प्रमुखसमक्ष सिफारिश गरेको आंकलन गरिएको छ ।

 

 

 

कमेन्टहरु
Loading...