सिंहदरबारभित्रै कर्मचारीको आन्दोलन, प्रहरीद्वारा ४ जना पक्राउ

काठमाडौं । सिंहदरबारभित्रै भएको आन्दोलनका क्रममा ४ जना पक्राउ परेका छन् ।

मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा विभिन्न माग राख्दै आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि नासुहरुले प्रदर्शन गरेका थिए । नासुहरुले प्लेकार्डसहित शान्तिपूर्ण आन्दोलन गरिरहेकोे अवस्थामा प्रहरीले हस्पक्षेप गरेको र ४ जनालाई पक्राउ गरेको आन्दोलनरत १ जना कर्मचारीले जानकारी दिएका छन् ।

उनका अनुसार कार्यक्रम सम्पन्न हुने समयमा नै प्रहरीले केदार तिवारी, तेजेन्द्र कँडेल लगायतका ४ जनालाई पक्राउ गरेको छ । कार्यक्रम सकेर राष्ट्रियगान बजाउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

कमेन्टहरु
Loading...