काठमाडौंसहित केही स्थानमा वायु प्रदुषण कायमै, मास्कको अनिवार्य प्रयोग गर्न चिकित्सकको आग्रह

काठमाडौं । नेपालका विभिन्न स्थानमा वायु प्रदुषण अझै पनि कायमै छ ।

वातावरण विभागले दिएको जानकारी अनुसार काठमाडौं लगायत नेपालका केही ठूला सहरको वायु अति नै अस्वस्थ अवस्थामा छ । विभागका अनुसार भरतपुर, धनगढी लगायतका सहरमा अहिले पनि वायु प्रदुषण सबैभन्दा बढी देखिएको हो ।

अन्य सहभन्दा काठमाडौं सबैभन्दा बढी प्रदुषण भएको सहरका रुपमा कायमै रहेको छ । वायु प्रदुषण मापन गर्ने एक्युआई २ सयभन्दा माथि छ । यसरी एक्युआई २ सयभन्दा माथि पुग्नुलाई अति नै अस्वस्थकर अवस्थाका रुपमा लिइन्छ । हाल काठमाडौंको एक्युआई १ सय ९४ मापन गरिएको छ । अन्य देशको विषयमा कुरा गर्ने हो भने सबैभन्दा प्रदुषित सुचीमा भारतको नयाँ दिल्ली तथा चीनको वुहान समेत रहेका छन् ।

कोरोना भाइरससहित वायु प्रदुषणको दर कायमै रहेकाले मास्क नियमित लगाउन तथा स्वास्थ्यका विषयमा सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । प्रदुषणबाट हुन सक्ने समस्या तथा कोरोना भाइरस संक्रमणबाट समेत जोगाउने भएकाले चिकित्सकले मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...