गन्थन डेस्क । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जनमोर्चा अध्यक्ष चित्र बहादुर केसीद्वारा जारी विज्ञप्तिमा संघीय सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको सन्दर्भमा गण्डकी प्रदेश सरकारलाई समर्थन दिइराख्न जरुरी नदेखिएको उल्लेख गरिएको छ ।
यसअघि बुधबार जनमोर्चाका विद्यार्थी नेता विमल पोखरेलले ट्विटरमा ट्विट गर्दै जनमोर्चाले पृथ्वीसुब्बा गुरुङलाई दिएको समर्थन फिर्ता लिएको बताएका थिए ।
‘जनमोर्चाले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको छ,’ उनले ट्विट गरेका छन्,‘पार्टीले अब बन्ने नयाँ सरकारमा नजाने घोषणा गरेको छ ।’