कसैले छाड् भन्दैमा छाड्दीन— प्रधानमन्त्री

पोखरा, १३ पौष/प्रधानमन्त्री बाबुराम भट्टराईले कसैले छाड् भन्दैमा आफुले प्रधानमन्त्री पद नछाड्ने बताएका छन् । प्रधानमन्त्रीले सबै दल सत्ताका विषयमा मात्रै कुरा गर्ने तर सहमती भने केहि नगर्ने गरेको बताए । कास्कीको सिल्दुजुरे गाविसमा निमार्ण हुन लागेको माथिल्लो मादी जलविद्युत आयोजनाको शिलन्यास गदै प्रधानमन्त्रीले सहमती भएमा सत्ता छाड्न तयार रहेको बताए ।

करिब ५ अर्व २८ करोडको लागतमा निमार्ण हुने लागेको २५ मेगावाटको जलविद्युत आयोजनाको आज सिलन्यास गरेका हुन् । मादी पावर प्रालि अन्तर्गत रहेको माथिल्लो जलविद्युत योजनाको स्वदेशी तथा विदेशी लगानी कर्ताको संयूक्त लगानीमा निमार्ण हुन लागेको हो । योजना सम्पन्न गर्न करिब २८ महिना लाग्ने निमार्ण पक्षको अनुमान छ । प्रधानमन्त्री भट्टराई आज नै शिलन्यासका लागी कास्की आएका हुन् ।

कमेन्टहरु
Loading...