काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने भएका हुन् ।
नयाँ वर्ष २०७८ को शुभकामना दिने उद्देश्य सहित प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका हुन् ।