स्याङ्जा । नेकपा एमाले माधव नेपाल समुहले स्याङ्जा जिल्लामा जिम्मेवारी विभाजन गरेको छ ।
चैत २९ गतेको बैठकले कार्यालय ,मोर्चा र प्रचार विभाग प्रमुख सहित स्थानिय तहका अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गरेको हो ।
वैठकले जिल्ला उपसचिव एवं कार्यलय प्रमुखमा खड्गराज सुवेदी , मोर्चा प्रमुखमा सन्तोष केसी र टीकाराम नेपालीलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी तोकेको हो ।
यस्तै पुतलिबजार अध्यक्षमा श्री गुरुङ, सचिव राजु अर्याल , आँधिखोला अध्यक्षमा रामचन्द्र पौडेल सचिव स्थानेश्वर पौडेल , भीरकोट अध्यक्षमा दुर्गादत्त भुसाल सचिव हरि काफ्ले , अर्जुनचौपारी अध्यक्ष चक्र बहादुर गुरुङ , सचिव मेख बहादुर केसी , वालिङ अध्यक्षमा दयाराम पाठक सचिव बल बहादुर थापा , फेदिखोला अध्यक्षमा मनोज बराल सचिव अर्जुन खत्री , चापाकोट अध्यक्ष सिताराम गैह्रे सचिव रेशमलाल ढकाल , गल्याङ अध्यक्षमा झविलाल पाण्डे सचिवमा दल बहादुर सिंजालीलाई जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख टीकाराम नेपालीले जानकारी दिए ।
त्यसैगरी विरुवा, हरिनास र कालिगण्डकीमा तत्कालको लागी समन्वय गर्ने गरि क्रमशः कल्याण कुमार पोखरेल,टक बहादुर नेपाली र उदयराज न्यौपानेलाई जिम्मेवारी तोकिएको छ ।