पीएनमा माधव नेपालका दुई गुट: एक पक्षको कार्यक्रममा अर्को पक्षको सहभागी नहुन अपील

पोखरा । नेकपा एमाले माधव नेपाल समुहको अनेरास्वबियु पृथ्वीनारायण क्याम्पसमा दुई गुटको विवाद सतहमा आएको छ ।

तत्कालिन क्याम्पस कमिटी अध्यक्ष राजन शर्मा पराजुलीले कार्यवाहाक अध्यक्षको जिम्मा सन्तोष न्यौपानेलाई दिए यता सुरु भएको असन्तुष्टी पछिल्लो समय खुलेरै व्यक्त हुन थालेका छन् ।

तत्कालिन अनेरास्वबियु कास्की उपाध्यक्ष शंकर सैजु र दिनेश ढुंगाना समुह एकातिर छन् भने हाल माधव पक्षको अनेरास्वबियु केन्द्रिय सचिव भएका पराजुली र न्यौपानेको अर्को टिम छ ।

यिनै दुई समुहको विवाद भोली पीएन क्यापसमा डाकिएको क्याम्पस भेलाले छताछुल्ल पारेको हो । ढुंगाना समुहले भेला आव्हान गरेपछि न्यौपानेले कुनै पनि भेला नरहनेको बताउँदै सहभागी नहुन अपिल गरेर फेसबुकमा पोष्ट गरे ।

‘भोली अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको कुनै पनि भेला नरहेको सबै न्यायप्रेमी देशभक्त जनवादी विद्यार्थी साथिहरुलाई जानकारी गराउँदछु’, न्यौपानेले फेसबुकमा लेखेका छन् ।

यद्यपी न्यौपानेले उक्त पोष्ट फेसबुकबाट हटाइसकेका छन् । भने ढुंगानाले पनि कार्यक्रमको व्यानरसहीतको ‘हार्दिक निमन्त्रणा’ लेखिएको पोष्ट हटाइसकेका छन् ।

केन्द्रिय सचिव पराजुलीले भेला आधिकारिक नभएको बताए । भेला तत्कालका लागि स्थगित गरिएको भएतापनि दुई फरक गुटको विवाद भने छातछुल्ल भएको छ ।

कमेन्टहरु
Loading...