कोरोनाको दोस्रो लहर सुरु भएपछि आज संक्रमित र मृतकको संख्या उच्च

पोखरा । नेपालमा थप ५ सय ५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ५ सय ५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।

हाल नेपालमा ३ हजार ३ सय ६ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ५ हजार १ सय ५ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

यो अवधिमा नेपालमा थप १ सय ३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७४ हजार १ सय ६५ पुगेको छ ।

यो अवधिमा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १३ जनाले ज्यान गुमाएका छन् । यससंगै नेपालमा हाल कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ५३ रहेको छ ।

कमेन्टहरु
Loading...