पोखरामा अप्रिय खबर, कोरोनाले २ को ज्यान गयो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप २ जनालाई ज्यान गुमाएका छन् । दुवै जनाको उपचारका क्रममा पोखराका विभिन्न अस्पतालमा ज्यान गएको हो ।

पोखरा महानगरपालिकाका ७८ वर्षीय १ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । उनको उपचारका क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा आज ज्यान गएको हो । उनलाई चैत्र २० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यस्तै तनहुँमा ५१ वर्षीय पुरुषले पनि कोरोना भाइरस संक्रमणबाट उपचार कै क्रममा पोखरामा ज्यान गुमाएका छन् । जिल्लाको शक्लागण्डकी नगरपालिकाका उनको हिजो आइतबार चरक मेमोरियल अस्पतालमा नै ज्यान गएको हो । उनलाई चैत्र २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ सय ७ पुगेको छ ।

पोखरामा २१ तथा माछापुच्छ«े गाउँपालिकामा २ जनासहित कास्कीमा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

माछापुच्छ«े गाउँपालिकामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित गाउँपालिका अन्तरगत वडा नम्बर ४ का १५ वर्षीय १ जना किशोर तथा ४७ वर्षीय १ जना पुरुष हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर १ मा २७ वर्षीय १ जना पुरुष, २ मा ४२ वर्षीय १ जना महिला तथा ३ मा ७८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५ नम्बर वडामा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २८, ३१ र ४९ वर्षीय ३ जना महिलासहित ३२ र ५० वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ६ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३५ र ४२ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ७ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३७ र ६१ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ८ मा २१ वर्षीय १ जना महिला, ९ मा ४६ वर्षीय १ जना पुरुष, ११ मा ५१ वर्षीय १ जना पुरुष तथा १२ मा ६२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१७ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २४, ३९ र ४२ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा २५ मा ३८ वर्षीय १ जना पुरुष तथा २८ मा ३० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश कै अर्को जिल्ला नवलपरासी पूर्वमा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मध्यविन्दु जिल्ला अस्पताल, नवलपरासी पूर्वमा गरिएको परीक्षणका क्रममा गैंडाकोट १ का ३९ वर्षीय, देवचुली २ का २६ वर्षीय तथा कावासोती १६ का ४१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ९ सय ३३ पुगेको छ ।

कमेन्टहरु
Loading...