जनमत पार्टीको अध्यक्षमा राउत सर्वसम्मत चयन

जनकपुरधाम । जनकपुरधाममा सपन्न पहिलो महाधिवेशनले सिके राउतलाई नै फेरी जनमत पार्टीको अध्यक्षका रुपमा चयन गरेको छ । राउत सर्वसम्मत तरिकाले जनमत पार्टीको अध्यक्षका रुपमा चयन भएका हुन् ।

अध्यक्ष राउत बाहेक अन्य पदका लागि भने निर्वाचन भएको थियो । शनिबारबाट सुरु भएको महाधिवेशनको परिणाम आज बिहान आउँदा पार्टीको उपाध्यक्षका रुपमा अब्दुल खान, बसन्त कुसहवा, नरेन्द्रप्रसाद चौधरी तथा दीपक कुमार शाह विजयी भएका छन् । महासचिवमा भने चन्दन सिंह निर्विरोध बनेका छन् ।

पार्टीको सदस्यमा सिराहका सञ्जयकुमार यादव तथा रामकुमार यादव, रौतहटका डा.सुवन्त कुमार कुशहवा तथा ललितचन्द्र मल्लिक, सर्लाहीका नरेश प्रसाद कुशवाहा तथा राजेन्द्र राय, महोत्तरीका बिरेन्द्र महतो तथा संजय कुमार यादव, सप्तरीका सुरेन्द्र शर्मा तथा मदनेश कुमार चौधरी, सुनसरीका भवानी महतो तथा सिताराम पण्डितसहित रुपन्देहीका भोगेन्द्र प्रसाद यादव निर्वाचित भएका छन् ।

यस्तै सदस्य पदमा रुपन्देहीमा रामकेश गुप्ता, नवलपरासीका बालगोविन्द चौधरी, मोरङका परमेश्वर मुर्गु, धनुषाका इन्द्रजित यादव तथा डा.विनय पंजियार, कपिलवस्तुका योगेन्द्र चौधरी बाराका ओमप्रकाश साह तथा सुनिलकुमार यादवसहित बाँकेका विष्णुप्रसाद यादव तथा इरफान अहमद शेख निर्वाचित भएका छन् ।

पार्टीको महिला सदस्यमा दाङकी राधाकुमारी यादव, महोत्तरीकी अन्जनादेवी मण्डल, सिरहाकी अनिताकुमारी मण्डल, झापाकी कौशिलादेवी महतो, सप्तरीकी बबिता कुमारी राउत, धनुषाकी अनितादेवी साह तथा जुलेखा विवीसहित सुनसरीकी आशा कुमारी मेहता निर्वाचित भएकी छिन् ।

पार्टीका बाँकी पदाधिकारी निर्वाचितमध्येबाट नै चयन गरिने बताइएको छ । निर्वाचनमा ४५ सय जनाले मतदान गरेको निर्वाचन प्रमखु सञ्जयकुमार सिंहले बताएका छन् ।

कमेन्टहरु
Loading...