घरमा कोही नभएको मौकामा १५ वर्षीय बालिकालाई बलात्कार गर्ने पक्राउ

पोखरा । घरमा कोही नभएको अवस्थामा धम्काएर १५ वर्षीय बालिकालाई बलात्कार गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

चैत २८ गते घरमा कोही नभएको अवस्थामा बालिकालाई बलात्कार गर्ने धादिङ निलकण्ठ नगरपालिका वडा नं.९ घर भई पोखरा वडा नं.४ गणेशटोल बस्ने बर्ष २३ को ईश्वर श्रेष्ठलाई प्रहरी पक्राउ गरेको हो।

श्रेष्ठलाई पक्राउ गरि जिल्ला अदालत कास्कीमा जबरजस्ती करणी उद्योग मुद्धामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएसपी सुवास हमालले जानकारी दिए ।

कमेन्टहरु
Loading...