धारामा पानी भर्न जाँदा धम्काएर बलात्कार गर्ने गम बहादुर सिक्लेसबाट पक्राउ

पोखरा । धारामा पानी भर्न जाने क्रममा बलात्कार गरि भागेका मादी गाउँपालिका वडा नं १ सिक्लेस बस्ने २९ वर्षीय गम बहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

१८ वर्षीय बालिकालाई धम्काएर बलात्कार गरि भागेका उनलाई सिक्लेसबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।

उनी विरुद्ध जिल्ला अदालत कास्कीमा जर्वजस्ती करणी सम्बन्धी कसुर अन्तरगत म्याद थप भई अनुसन्धान अगाडी बढाइएको डिएसपी हमालले बताए

कमेन्टहरु
Loading...