पोखरा । गत माघ २३ गते पोखरा स्थित महतगौँडा र टुटुङ्गा जोड्ने पुल नजिक मनोज बिक माथी गोली प्रहार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पर्वत घर भई पामे बस्दै आएका मनोज माथी गोली प्रहार गर्ने बारा बरियापुर घर भई पोखरामा मेटल सम्बन्धी काम गर्ने ४५ वर्षका राजकिशोर पाण्डेलाई आइतबार सिम्पानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका एसपी जिवन कुमार श्रेष्ठले जानकारी दिए ।
पाण्डेको साथबाट ७.६५ एमएमको ३ राउण्ड गोली , पर्स र एक मोबाइल बरामद गरेको एसपी श्रेष्ठले जानकारी दिए ।
गोली प्रहार लगत्तै मनोज मोटरसाइकलमा चढेर वडा प्रहरी कार्यलय बैदाम पुगेका थिए ।