गन्थन डेस्क
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा एमाले ‘भविष्य’ भएको बताएका छन् ।
सामाजिक सञ्जालमा सक्रिय पोखरेलले भर्खरै एक स्टाटसमार्फत माओवादीका ४ सभासद र सुदूरपश्चिमका मन्त्री एमालेमा आएको प्रसंग उल्लेख गरेका छन् ।
‘प्रदेश २ मा ४ जना प्रदेश सभासदले माओवादी किन छोडे ? सुपमा मन्त्रीले राजिनामा दिएर एमाले किन रोजे? यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो’ उल्लेख गरेका छन् ।
यसको अर्थ माओवादी केन्द्रको भविष्य नदेखेर उनीहरु एमालेमा आएको पोखरेलको धारणा छ । साथै, एमालेमा अवसर खोज्न हैन, भविष्य सपार्न रोजेको उनले उल्लेख गर्न खोजेका छन् ।
माओवादी केन्द्रबाट सत्यनारायण मण्डल, कुन्दन साह, ज्वाला साह र मोहम्मद समिर अन्सारी एमालेमा आएका हुन् । त्यस्तै, सुदूरका माओवादी मन्त्री झपट बोहरासमेत एमालेमा प्रवेश गरेका छन् ।