पोखरा । सराङ्कोट माउण्टेन लञ्ज, होटल बाराही र बेन्जन रेष्टुरेन्टमा मेगा बैंकका कर्मचारी र खातावालाले छुट प्राप्त गर्ने छन् । मेगा बैंकले पोखराका रेष्टुरेन्ट र होटलसँग ग्राहकका लागि सम्झौता गरेसँगै होटल र रेष्टुरेन्टमा छुट प्राप्त गर्ने भएका हुन् ।
सम्झौता अनुरुप व्यञ्जन रेष्टुरेन्टमा ग्राहकले १५ प्रतिशत छुट प्राप्त गर्ने भएका छन् । पत्रमा व्यञ्जनको तर्फबाट शैलेन्द्र के आचार्यले हस्ताक्षर गरेका छन् भने बैंकको तर्फबाट उपासना रानाले हस्ताक्षर गरेकी छिन् ।
त्यस्तै सराङ्कोट माउण्टेन लञ्जमा खाना र पय पदार्थमा १५ प्रतिशत छुट रहेको छ । त्यस्तै स्पामा २० प्रतिशत छुट दिइएको छ । लन्ञको तर्फबाट राजकुमार केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । होटल बाराहीमा खाना र पेय पदार्थमा १५ प्रतिशत छुट छ भने स्पामा २५ प्रतिशत छुट दिइएको छ । त्यस्तै बाराहीको तर्फबाट सम्झौता पत्रमा शैलेन्द्र के आचार्यले हस्ताक्षर गरेका छन् ।
बैंकले चितवनमास्थित बाराही जंगल लञ्जमा पनि सम्झौता गरेको छ । बाराही जंगल लञ्जमा १५ हजार बराबरको कपल्स रुममा सहुलियत रहेको छ । सम्झौता अनुसार सहुलियत प्राप्त गर्न मेगा बैंकको कर्मचारी वा खाता सञ्चालक हुनुपर्छ ।
अप्रिल ९ मा भएको सम्झौता २०२३ अप्रिल ९ सम्म रहने छ ।