पोखरा । लायन्स क्लब अफ पोखरा ब्लु स्काइले वर्ष २०२१/२२ का लागि नयाँ नेतृत्व चयन गरेको छ । हरिप्रसाद बरालको अध्यक्षतामा लायन्स क्लब अफ पोखरा ब्लु स्काइले वर्ष २०२१/२२ का लागि नयाँ नेतृत्व चयन गरेको हो ।
त्यस्तै प्रथम उपाध्यक्षमा कमल सुवेदी निर्वाचित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक कोचिफ एड्भाइजर चण्डीप्रसाद अर्याल तथा विशेष अतिथि रुक्मागत भण्डारी ‘विश्वास’ ले निर्वाचित अध्यक्ष र उपाध्यक्षलाई बधाई व्यक्त गरेका थिए । अन्य सदस्य तथा पदाधिकारी पछि मनोनयन गरिने क्लबले जनाएको छ ।
यस अघि क्लबका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएका नेतृत्व चयन कार्यक्रममा स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष कमल सुवेदीले गरेका थिए । त्यस्तै कार्यक्रमको सञ्चालन क्लवका सहसचिव प्रवेश गौतमले गरेका थिए ।
क्लब सन् २०२० देखि समाज सेवामा सक्रिय रुपमा लाग्दै आएको छ ।