पोखरा । बर्दिया पोखरा सम्पर्क समाजले विसं. २०७८ को भित्रेपात्रो विमोचन गरेको छ । पोखरामा आयोजित कार्यक्रममा बर्दिया बासगढी नगरपालिकाका मेयर सालिकराम अधिकारीको सहभागितामा भित्रेपात्रो विमोचन तथा नव वर्षको शुभकामना आदानप्रदान गरिएको हो ।
बर्दियाबाट पोखरा आएर विभिन्न पेसा, व्यवसाय तथा अध्ययनको क्रममा रहेकालाई गोलबद्ध गर्दै विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेको समाजले दोस्रो पटक आफ्नो भित्रेपात्रो सार्वजनिक गरेको हो ।
कार्यक्रममा बासगढी नगरपालिकाका मेयर अधिकारीले समाजले उद्देश्य अनुरुप गतिविधि सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गरे । बर्दियाका पर्यटकीय क्षेत्रको उन्नयनका लागि समाजले खेलेको भूमिकालाई उनले प्रशंसा व्यक्त गरे ।
समाजका संस्थापक अध्यक्ष दीपक पौडेलले २ फरक भूगोल बीचको आत्मियतालाई जोड्न समाजले आगागी दिनमा सिर्जनशील कार्य गर्दै जाने बताएका छन् ।
कोरोना महामारीको बेला समाजले उद्धार तथा राहत वितरणमा देखाएको सक्रियताले समाजको अझ महत्व बढेको सहभागीको भनाई थियो । समाजलाई सशक्त र सबै सदस्यको अपनत्व हुने खालको बनाउन लागि परेको अध्यक्ष प्रदीप पौडेलले सुनाए ।