पोखरा । प्रथम पोखरा इन्स्टिच्युसनल कुलिनरी च्याम्पियनसीपको उपाधि पोखराको मलवेरी इन्स्टिच्युट अफ हस्पिटालिटीले जितेको छ ।
सेफको साझा संस्था होटल तालिम प्रदायक संघ नेपालले कार्यक्रम आयोजना गरेको च्याम्पियनसीपको उपाधि मलवेरी इन्स्टिच्युट अफ हस्पिटालिटीले जितेको हो । त्यस्तै प्रतियोगितामा राइनो होटल ट्रेनिङ सेन्टर द्धित्तीय र हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टले तृतीय स्थान हासिल गरेको हो ।
मलवेरीका तर्फबाट अंकित पंगेनी, राइनोका तर्फबाट सुवास गिरी र हिमालयनका तर्फबाट अञ्जु थापा विजयी भएका हुन् । ६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको प्रमुख निर्णायकमा बीबीसी मास्टर सेफ उपविजेता सन्तोष साह र सहायक निर्णायकमा होटल संघका अध्यक्ष लक्ष्मण बराल थिए ।
कार्यक्रमका लागि मान्दव्य ट्रेड कन्सर्न र नेपाल पर्यटन बोर्डले सहयोग गरेको आयोजक संस्थाका अध्यक्ष ज्ञानबहादुर रानाले जानकारी दिएका छन् । अध्यक्ष रानाका अनुसार सेफ फेडेरेसन नेपाल गण्डकी च्याप्टर र ग्लोबल नेपाली सेफ फेडेरेसनसमेत कार्यक्रममा जोडिएको थियो । संस्थाका सचिव सम्मरबहादुर रानाका अनुसार विजयी टोलीलाई नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।
लक्ष्य जनशक्ति उप्दानमा टेवा पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।