२६ औं राष्ट्रिय वन्यजन्तु सप्ताहको तयारी

पोखरा । वन विज्ञान अध्ययन संस्थान, पोखराले २६ औं राष्ट्रिय वन्यजन्तु सप्ताह मनाउने भएको छ ।

अध्ययन संस्थानमा रहेको वन्यजन्तु अनुसन्धान तथा संरक्षण समाज, वन तथा संरक्षण र विकासका लागि विद्यार्थी मञ्च, वातावरणका लागि विद्यार्थी समाज–नेपाल, स्वयंसेवी वातावरण जागरण समूह लगायतका सक्रिय हरित संस्थाको संयुक्त आयोजनामा २६ औं वन्यजन्तु सप्ताह मनाइने भएको हो । हरेक वर्ष वैशाख १ देखि ७ गतेसम्म मनाइने वन्यजन्तु सप्ताह यो पटक पनि वन, वन्यजन्तु तथा वातावरण संरक्षण सम्बन्धी विविध कार्यक्रम सञ्चालन गरि मनाउन लागिएको हो ।

देश नै वनडढेलोबाट ग्रसित भएकोसमयमा वन विज्ञानमा अध्ययनरत विद्यार्थीले डढेलो र त्यसले वातावरण तथा वन्यजन्तुमा पार्ने असर बारे नाटक देखाउने भएका छन् । त्यसका साथै वन्यजन्तुबारे ज्ञान दिने हेतुले अन्तरविद्यालय वन्यजन्तु वृत्तचित्र प्रदर्शनीका साथै चित्रकला प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक प्रवेशचन्द्र घिमिरेले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...