पोखरा । पोखरामा रहेको पुरानो सामाजिक सस्था इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजना पोखरा रहेको आमा समुहको प्रतिनिधि मुलक रुपमा २ दिने नेतृत्व विकास तथा कानुनी साक्षरता तालिम सम्पन्न भएको छ ।
संविधान सभा सदस्य एवम् प्रतिनिधि सभा सदस्य दुर्गाकुमारी विकले उद्घाटन गर्दै महिला सधै आफ्नो अधिकारको लागि लडिरहनु पर्ने समयको अन्त्य भएको बताइन् । उनले अब कार्यान्वयनमा लाग्नुपर्ने समय आएको यो संस्थाले गरेको कार्यले आफू सदैव खुसी रहेको र संस्थाको उद्देश्य अनुरुप कार्यमा सदैव साथ र सहयोग रहने बताइन् ।
तालिमको समापन समारोहमा बोल्दै प्रदेशसभा सदस्य गायत्री गुरुङले तालिम आयोजनाले महिलामा समाजिक कार्यमा लाग्ने उत्प्रेरणा आउने र महिलाको लागि आफू सदैव साथमा रहेको बताइन् ।
तालिमलाई विकल शेरचन, उषा मल्ल सिह, बिनका शर्मा, कृष्ण कुमारी भुजेलले प्रशिक्षण दिएका थिए ।
संस्थाका अध्यक्ष भानुभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम तालिम संयोजक बिनाका शर्मा स्वागत गरेकी थिइन् । त्यस्तै कार्यक्रम सञ्चालन बसन्त बास्तोलाले गरेका थिए । तालिममा ५० जनाको सहभागिता थियो ।