कांग्रेस सभापति देउवाले पदाधिकारी बैठक बोलाए, आफ्नै नेतृत्वमा सरकार बनाउने विषयमा छलफल गर्ने

काठमाडौं । आज दिउँसो २ बजे नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । पछिल्लो राजनीतिक घटना क्रमका विषयमा छलफल गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आह्वान गरेका हुन् ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक विषय तथा नयाँ सत्ता समीकरणको विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...