स्थानीय शान्ति समिति, कास्कीमा छलफल कार्यक्रम सम्पन्न

पोखरा । पुस १२ गते
स्थानीय शान्ति समिति, कास्कीका संयोजक यज्ञबहादुर थापाको अध्यक्षतामा आज बसेको वैठकमा शान्ति प्रवद्र्धनका कार्यहरू लगायत भौतिक संरचनाहरूको पून निमार्ण सम्बन्धी कार्यक्रमको विषयमा छलफल गरेको छ ।
वैठकमा शान्ति तथा पूननिमार्ण मन्त्रालयका सह सचिव साधुराम सापकोटा, उप सचिव नरेश कुमार चापागाई, उप सचिव दल बहादुर के.सी लगाएतका अन्य कर्मचारीहरूलाई स्थानीय शान्ति समितिका सदस्यहरूले स्थानीय शान्ति समितिले हालसम्म भोग्दै आएका समस्याहरूको बारेमा अवगत गराएका र्थिए ।
द्वन्द पीडितहरूको पहिचान, राहत र आवश्यकतालाई सम्बोधन गर्नका निम्ति प्रभावकारी कार्यक्रमहरू कार्यान्वयन गरिनु पर्ने कुरामा वक्ताहरूले जोड दिए । बैठकमा शान्ति तथा पूननिमार्ण मन्त्रालयका सहसचिव साधुराम सापकोटाले स्थानीय शान्ति समितिलाई सक्रिय बनाउनको निम्ति आगामी दिनहरूमा प्रभावकारी कार्यक्रमहरू लागु हुने असवासन दिए ।

कमेन्टहरु
Loading...