माओवादी निकट अनेरास्ववियुको कृषि विश्वविद्यालय पोखरामा नयाँ कार्यसमिति चयन

पोखरा । माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तरगत आंगिक प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरनचौर, पोखराले तेस्रो अधिवेशनबाट ठाकुर चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा दीपेन्द्र चौहान, स्मारिका गौतम तथा नवराज विष्ट चयन भएका छन् । अधिवेशनले सचिवमा नितेश तामाङ तथा सहसचिवमा संसार टन्डन र पुनम खड्कालाई चयन गरेको छ ।

त्यस्तै अधिवेशनमार्फत् कोषाध्यक्षमा प्रेम साउद चयन भएका छन् । सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिको सदस्यमा भावना अर्याल, अनुजा कुँवर, प्रकृति श्रेष्ठ, सिद्धार्थ गन्धर्व, सुरेन्द्र खड्का तथा प्रविन थापा रहेका छन् ।

संगठनका केन्द्रीय सचिव प्रविणा अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिव बस्नेतको अध्यक्षता रहेको थियो ।

त्यस्तै कार्यक्रममा कास्की जिल्ला संयोजक बसन्त भट्टचन, पार्टीका कास्की जिल्ला सदस्य बसन्त बास्तोला, प्रेम बुढामगर, सुजन बास्तोला, सन्जय जैसी, काशी पौडेल, किरण खड्का, मिराज थापामगरको सहभागिता थियो ।

कमेन्टहरु
Loading...