जनप्रियमा माधव समुहले समानान्तर कमिटीमा नाम राखेपछि विद्यार्थीहरुको विरोध

नेकपा एमाले माधव नेपाल समुहले  जनप्रिय बहुमुखी क्याम्पसमा गठन गरेको अनेरास्वबियुको समानन्तर कमिटीका आफुलाई राखेर प्रचार गरिएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् ।

समानन्तर कमिटीको उपाध्यक्षमा आफ्नो नाम राखेर प्रचार गरिएको भन्दै विद्यार्थी नेतृ प्रकृति रानामगरले विरोध जनाएकी छन् ।

शुक्रबार माधव नेपाल पक्षले जनप्रिय क्याम्पसमा समानान्तर कमिटी गठन गर्दै आफुलाई उपाध्यक्षको जिम्मेवारी दिइएको भनि गरिएको प्रचार प्रति उनले सामजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘मलाई उपाध्यक्ष भनी प्रचार गरिएको प्रति खेद प्रकट गर्दै अन्य साथीहरू लाई पनि यस्ता पार्टी विरोधी हुल्लडवाज हरू को पछाडि नलाग्न विनम्र अनुरोध गर्दछु’ ।

उनले केपी ओलिले नेतृत्व गरेको नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु मै बैचारिक , सांगठनिक हिसाबले क्रियाशील रहेको स्पष्ट पारेकी छन् ।

यस्तै आफ्नो नाम सहसचिवमा राखिएको प्रति विप्लब खड्काले फेसबुकमा असन्तुष्टि जनाएका छन् ।

‘सधै सत्यको पक्षमा लाग्ने सम्माननिय प्रधानमन्त्री अध्यक्ष रहेको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु नै आधिकारिक रहेको हुदा, मेरो नाम नि केही अराजक झुन्डको कमिटीबाट मेरो नाम फालियोस भन्न चाहन्छु’, उनले फेसबुकमा लेखेका छन् ।

अनेरास्वबियु क्याम्पस कमिटी संयोजक किसान भण्डारीले विज्ञप्ती जारी गर्दै समानान्तर गतिविधीमा संलग्न हुनेहरु कारबाहीको भागिदार हुने बताउँदै संगठनको अनुशासन विपरितका कार्यमा उपस्थित नहुन अपिल गरेका छन् ।

 

कमेन्टहरु
Loading...