चुनावी खर्च सार्वजनिक गर्ने पहिलो पत्रकार, जसलाई ६ हजार रिन लाग्यो

 

गन्थन डेस्क

‘लायन्स’को शैलीमा खर्च गर्ने पत्रकाहरुबीच पोखराका पत्रकार विष्णु गौतमले शुक्रबार चुनावी खर्च सार्वजनिक गरेका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीको २६ औं महाधिवेशनमा गौतमले बिना गुट स्वतन्त्ररुपमा सदस्यको उम्मेदवारी दिएका थिए । उनले ७९ मत प्राप्त गरे । गाैतमले ‘म श्रमजीविका कुरा बोल्छु, पार्टी कार्यालयका कुरा बोल्दिन’ भनेका थिए ।

निर्वाचनमा पराजित भएपनि गौतमले आफु विधि र स्वतन्त्र पत्रकारको पक्षमा उम्मेदवारी दिएकाले हारबीच पनि जीत भएको प्रतिक्रिया दिए । ‘पत्रकारहरु दलको भातृसंस्थाकारुपमा पार्टीकै सदस्य बन्न लालयित देखिए’, उनले भने ‘पत्रकार पार्टीको झण्डामुनि रहनु गलत हो ।’

गौतमले चुनावका दौरान ११ हजार ६५० रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् । उक्त रकमको आम्दानी विवरण अनुसार गौतमले ६ हजार ६१० रुपैयाँ तिर्न बाँकी रहेको देखिन्छ । विवरण पेश गर्दै गौतमले भने, ‘अन्य कुनै पत्रकारले चुनावी खर्च विवरण सार्वजनिक गरेको मलाई थाहा छैन ।’

 

चुनावमा उम्मेदवारी दिएपछि उनलाई केही शुभचिन्तकले आर्थिक सहयोगसमेत गरेका थिए । जसअनुसार एक शुभचिन्तकले ५ हजार र अन्य दुईजनाले २० र १० रुपैयाँ सहयोग गरेका हुन् । सोही सहयोगलाइई आधार मान्दा गौतमलाई ६ हजार रुपैयाँ बढी रिन लागेको छ ।

खर्च विवरणपछिको रोचक पक्ष भनेको उनले प्राप्त गरेको मत हो । चुनावमा २० जनालाई भोट हाल्ने प्रावधान भएपनि एक मतपत्रमा गौतमलाई मात्रै मतदान भएको स्रोतले बताएको छ ।

 

 

 

पृथ्वीनारायण क्याम्पसमा आमसंचार एवं पत्रकारिता अध्यापनमासमेत संलग्न गौतम यही बैशाखबाट सुरु हुने सिटी वान टेलिभजनको प्रमुख जिम्मेवारीमा रहेका छन् ।

कमेन्टहरु
Loading...