विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछि लाग्ने व्यक्ति दास भएको टिप्पणी गरेका छन् ।
आज विराटनगर पुगेका नेता नेपालले विमानस्थलमा पत्रकारसंग कुरा गर्दै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीको साथ लागेर हिंड्ने व्यक्ति दास भएको बताएका हुन् । ओलीको पछि लाग्ने दास भएको र उनले विधान विपरीत कार्य गरिरहेकाले नै आफू हरेक स्थानमा पार्टीको समानान्तर कमिटी गठन गर्न बाध्य भएको उनको स्पष्टोक्ति थियो ।
नेता नेपालले आफू प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष ओलीको दास हुन नसक्ने बताएका छन् । संगठित भएर ओलीको विरुद्धमा काम गर्ने उनको भनाई छ । आफूसहितका नेतालाई कारवाही गर्ने ओलीको निर्णय गलत भएको नेता नेपालको दावी थियो ।