माओवादी केन्द्रद्वारा गृहमन्त्री बादललाई समेत कारवाहीको घोषणा

काठमाडौं । माओवादी केन्द्रले पार्टी छोडेर एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादललाई समेत कारवाही गरेको छ । गृहमन्त्री बादललाई कारवाही गरेको सुचना संघीय सांसदलाई बुझाइएको माओवादीले जानकारी दिएको छ ।

माओवादी तथा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माका अनुसार गृहमन्त्री बादलले माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेको सुचना संसद सचिवालयमा पठाइएको हो । अब बस्ने राष्ट्रियसभा बैठकमा राजनीतिक दल सम्बन्धी ऐनअनुसार अब गृहमन्त्री बादलको राष्ट्रियसभा सदस्य पद रिक्त हुने नेता शर्माले जानकारी दिएका छन् ।

बिहीबार समेत माओवादी केन्द्रले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै नेताद्वय गौरीशंकर चौधरीसहित लेखराज भट्ट, प्रभु शाहतथा टोपबहादुर रायमाझीलाई कारवाही गरेको थियो ।

यस्तै चन्द्रबहादुर खड्कालाई पनि अबको २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको नेता शर्माले जानकारी दिएको छन् ।

कमेन्टहरु
Loading...