गन्थन डेस्क
पोखरा महानगरअन्तरगत सराङकोटका रमेश थापालाई गोली प्रहार गरी हत्या गरेको आरोपमा अमेरिकाको अस्टिन प्रहरीले अभियुक्त फ्रास्वाँ ओ’निललाई पक्राउ गरेको छ ।
गत मंगलबार साउथ अस्टिनस्थित अपार्टमेन्टमा ओ’निलले थापामाथि गोली प्रहार गरेको आरोप लगाएको छ । प्रहरीले २३ वर्षे ओ’निललाई बुधबार पक्राउ गरेको हो ।
३९ वर्षीया थापा ११ वर्षअघि मेक्सिको हुँदै अमेरिका पुगेका थिए । पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि आक्रमणका घटना बढिरहेको पृष्ठभूमिमा यो हत्या भएको हो । नेपाली राजदूतावासले पनि एसियाली माथिको आक्रमण रोक्नका लागि आग्रह गरेको छ ।
थापाको मृत्युपछि उनको सत्गत र परिवारजनलाई सहयोग गर्न ‘गो फण्ड मी’ पेजमार्फत सहयोग संकलन सुरु गरेका छन् ।
ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष भोजराज भट्टका अनुसार यस घटनाबाट सोसाइटीका करिब १५ हजार नेपाली दुखित भएको जनाएका छन् । मृतकका एक साथीको हवाला दिँदै स्टेट्स्म्यान डटकमले लेखेको छ, ‘मिलनसार र सहृदयी थापाले नेपालबाट श्रीमती र बच्चालाई अमेरिका ल्याउन अथक परिश्रम गरिरहेका थिए ।’