पोखरामा २३ सहित प्रदेशमा थपिए ४२ कोरोना संक्रमित

पोखरा । पोखरामा २३ सहित गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थपिएका संक्रमितमध्ये २३ जना पोखरा महानगरपालिकाका हुन् । त्यस्तै बागलुङमा पनि थप १५ जनामा संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार नवलपरासी पूर्वमा २ जना, पर्वतमा १ जना र म्याग्दीमा १ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ ।

कमेन्टहरु
Loading...