लाङ्दी गाउँ तमु समाजको अध्यक्षमा बालकृष्ण गुरुङ

पोखरा । पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. ३ लाङ्दी गाउँबाट पोखरामा आइ वसोवास गर्नुभएका तमुहरुको साझा संस्था लाङ्दी गाउँ तमु समाज पोखराको हालै सम्पन्न भेलाले बालकृष्ण गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समाजको उपाध्यक्षमा सु.शेरबहादुर गुरुङ, सचिवमा चिजकाजी गुरुङ, सहसचिवमा ना.सु. रामप्रसाद गुरुङ, कोषाध्यक्षमा सु.हरिकुमार गुरुङ र सदस्यहरुमा चन्द्रप्रसाद गुरुङ, सु.नरेशकुमार गुरुङ, चन्द्रबहादुर गुरुङ, सु.विष्णुभक्त गुरुङ, चन्द्रबहादुर गुरुङ, र मैतालाल गुरुङ सर्वसम्मत चयन भएका छन् ।

त्यसै गरी आमा समुहको संयोजकमा सतकुमारी गुरुङ र सदस्यमा मिमकुमारी गुरुङ र बसुन्धरा गुरुङ चयन भएका छन् भने युवा समितिको संयोजकमा दिलिप गुरुङ र सदस्यमा धनकाजी गुरुङ र तेजबहादुर गुरुङ चयन भएका छन् । समाजको सल्लाहकारमा क्या. रामप्रसाद गुरुङ, सु.धनबहादुर गुरुङ, सु.रामभक्त गुरुङ र बुद्धिबहादुर गुरुङ चयन भएका छन् ।

कार्यक्रममा सल्लाहाकार क्या. चक्रबहादुर गुरुङ र क्या. मेखबहादुर गुरुङले शुभकामना मन्तव्य दिएका थिए । समितिको निर्वाचन गर्न क्या.रामप्रसाद गुरुङको संयोजकत्वमा सदस्य सु.रामभक्त गुरुङ र चन्द्रप्रसाद गुरुङ रहेका थिए । समाजका अध्यक्ष सु.धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बालकृष्ण गुरुङले र कार्यक्रम संचालन सचिव सु.रामभक्त गुरुङले गरेका थिए ।

कमेन्टहरु
Loading...