पोखरामा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर सुरु हुँदै

पोखरा । उपभोक्तालाई सुलभ दरमा गुणस्तरीय सेवा दिने उद्देश्य सहित पोखरामा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर सुरु हुँदैछ ।

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित उक्त डिपार्टमेण्ट स्टोर पोखराको पस्र्याङमा आउँदो शनिबारदेखि सुरु हुन लागेको हो । संस्थाको यो छैठौं शाखा हो । ३ करोड लगानीमा सुरु हुन लागेको डिपार्टमेण्ट स्टोरमा ग्रोसरी, लिक्वेर, किचन, कपडा, जुत्ता, इलेक्ट्रोनिक्स आइटम लगायत रहने छ । स्टोरले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्ने जनाइएको छ ।

डिपार्टमेण्ट स्टोरमा सबैखाले उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सरल तरिकाले उपलब्ध गराउँदै मिनी सुपर मार्केटको कन्सेप्टमा अघि बढाइने सहकारीका पोखराका म्यानेजर रमेश न्यौपानेले जानकारी दिएका छन् । स्टोरको आफ्नैं एप्स मार्फत डिपार्टमेण्ट स्टोरमा उपलब्ध सामग्रीका बारेमा उपभोक्ताहरुले जानकारी लिन सक्नेछन् ।

हाल सहकारी संस्थामा २३ तथा डिपार्टमेण्ट स्टोरमा २१ गरि ४४ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ ।

कोरोना संक्रमणका कारण नेपालमा धेरैले रोजगारी गुमाएको अवस्थामा संस्थाले नेपाली युवाहरुलाई नेपालमै रोजगारीको प्रबन्ध मिलाएर आफ्नैं देशमा बस्ने वातावरण सिर्जना गर्ने लक्ष्य रहेको न्यौपानेले बताएका छन् ।

कमेन्टहरु
Loading...