माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका २ जना मन्त्रीद्वारा राजीनामा

पोखरा । माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका २ जना मन्त्रीले आज राजीनामा दिएका छन् ।

आज प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र कृषि तथा सहकारीमनत्री लेखबहादुर थापाले राजीनामा बुझाएका हुन् । चुमानका अनुसार आजबाट सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङ समक्ष उनीहरु दुवै मन्त्रीले राजीनामा बुझाएका छन् ।

गण्डकी प्रदेशलाई माओवादी केन्द्रले दिएको समर्थन भने फिर्ता लिएको छैन । आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले पार्टीको तर्फबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका दुवै जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

कमेन्टहरु
Loading...