माओवादीबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका २ जना मन्त्रीलाई राजीनामा दिन निर्देशन

पोखरा । माओवादी केन्द्रका गण्डकी प्रदेशमा रहेका २ जना मन्त्रीले राजीनामा दिने भएका छन् ।

माओवादी संसदीय दलको आज बिहान बसेको बैठकले पार्टीबाट गण्डकी प्रदेशको सरकारमा सहभागी भएका २ जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको १ सांसदले जानकारी दिएका छन् । गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट भूमि, व्यवस्था तथा सहकारीमन्त्री लेखबहादुर थापा र आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान छन् ।

उनीहरुलाई दुवै जनालाई नै प्रदेश सरकारबाट राजीनामा दिएर बाहिरिन निर्देशन दिइएको बताइएको छ ।

कमेन्टहरु
Loading...