पोखरा । माछापुच्छ«े गाउँपालिकामा ३ तथा पोखरामा १५ सहित कास्कीमा थप १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा थप १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
माछापुच्छ«े गाउँपालिकामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर ४ का ३०, ३७ र ३८ वर्षीय ३ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ६ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५२ वर्षीय १ जना महिला तथा २९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
७ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४० र ८७ वर्षीय २ जना महिला तथा ६६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ८ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ७० वर्षीय १ जना महिला तथा ३९ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १३ मा ३४ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३३ र ५९ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
१८ नम्बर वडामा ३२ वर्षीय १ जना महिला तथा २९ नम्बर वडामा ३६ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा ३० मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३६ र ५८ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ३३ मा ४१ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशकै अर्को जिल्ला बाग्लुङमा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको बाग्लुङ नगरपालिका तथा धौलागिरी अस्पतालका रहेका छन् ।
पर्वतमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको कुश्मा ७ का ६६ वर्षीय १ जना पुरुष रहेका छन् ।
तनहुँमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १२ का ५१ वर्षीय पुरुष हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ७ सय ४० पुगेको छ ।