एमालेका मन्त्रीद्वारा कर्णाली प्रदेशको शाही नेतृत्वको सरकारबाट राजीनामा

काठमाडौं । नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारको मन्त्रीका रुपमा रहेका ३ जनाले आज एकैपटक राजीनामा दिएका छन् । प्रदेशमा मन्त्री रहेका एमालेका ३ जनाले आज संयुक्त रुपमा राजीनामा दिएका हुन् ।

नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका नेता मानिने आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा तथा सामाजिक विकास मन्त्री दल रावलले आज संयुक्त रुपमा राजीनामा दिएका हुन् ।

आइतबार कर्णाली प्रदेशको एमाले संसदीय दलको बैठक बसेको थियो ।

सोही बैठकले माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वमा रहेको कर्णाली प्रदेशको सरकारबाट तत्काल फिर्ता हुन भन्दै एमालेले आफ्ना मन्त्रीलाई दिर्नेशन दिएको थियो । सोही निर्देशन बमोजिम आज ३ जना मन्त्रीले राजीनामा दिएका हुन् ।

एमालेले गस अगाडि चैत्र ४ गते मुख्यमन्त्री शाही नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय समुहले मात्र समर्थन फिर्ता लिने निर्णय लिएर र आफूहरुले फिर्ता नलिएको पार्टीकै माधव नेपाल पक्षीय नेताले बताउँदै आएका थिए ।

कमेन्टहरु
Loading...