अनेरास्ववियुद्वारा पराजुली, आलम तथा लामा साधारण सदस्य समेत नरहने गरेर निष्कासन

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले ३ जनालाई निष्कासन गरेको छ ।

विभिन्न समयमा २ पटकसम्म स्पष्टकीरण माग्दा समेत अटेर गरेर जवाफ नदिएको भन्दै अनेरास्ववियुले निवर्तमान सचिवद्वय आरती लामा, सुदेश पराजुली तथा वसिम आलमलाई साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरले ३ जनाले नै स्पष्टीकरण माग्दा अटेर गरेपछि साधारण सदस्य समेत नरहने गरेर निस्काष्न गरिएको आज विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । महर प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।

एमाले कै माधवकुमार नेपाल पक्षीय अनेरास्ववियुले केही दिन अगाडि छुट्टै भेलाको आयोजना गरेर पराजुलीलाई अध्यक्ष घोषणा गरेको थियो । त्यस्तै उक्त भेलामार्फत् आलम सह–अध्यक्ष तथा लामालाई महासचिव चयन गरिएको थियो । ओली निकट रहेका तथा अनेरास्ववियुका अध्यक्ष समेत रहेका महरले चैत्र १५ र २२ गते समानान्तर गतिविधि गरेको भन्दै उनीहरु ३ जनालाई नै स्पष्टीकरण सोधेका थिए ।

कमेन्टहरु
Loading...