पोखरा । पोखरामा १८ जना सहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थपिएका संक्रमितमध्ये २२ जना कास्की जिल्लाका हुन् ।
जसमध्ये १८ जना पोखरा महानगरपालिकाका रहेका छन् भने रुप र माछापुच्छ«े गाउँपालिकामा १(१ जना संक्रमति थपिएका छन् । त्यस्तै म्याग्दी र पर्वतमा पनि थप एकजनामा संक्रमण पुष्टि भएको छ ।
