मृगौला पीडित रुपा थापालाई सहयोग गर्न परिवारको याचना

पोखरा, २ माघ/बाग्लुङ जिल्लाको पैयुथनथाप गाविस वडा नं. ३ निवासी मृगौला पीडित रुपा थापाको परिवारले उपचारको लागि सहयोगको याचना गरेका छन् । दुवै मृगौला खराब भएकी १६ वर्षिया थापाको उपचारमा आर्थिक समस्या उत्पन्न भएपछि उनको परिवारले सहयोगको याचना गरेका हुन् ।

थापाको विगत २ वर्षदेखि काठमाण्डौँको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । थापाको मृगौला प्रत्यारोपण गर्दा १५ लाख खर्च लाग्ने भएपनि उक्त रकम जोहो गर्न नसक्दा उपचारमा कठिनाई भएको परिवारले जनाएको छ । आर्थिक कमजोर भएको घरपरिवारमा, घरायसी खर्च पनि चलाउन धौ धौ परेको अवस्थामा एक्कासी छोरीमा मृगौला विग्रेको थाहा पाउँदा परिवार आफूहरु अलमलमा परेको बुबा रामबहादुर थापाले बताउनुभयो ।

मेरी बहिनी विगत २ वर्षदेखि मृगौला रोगबाट ग्रसित छिन्, सहयोग सानो ठुलो हुदैन, तपाईहरुको सहयोगले जीवन पाउन सक्छिन, कृपया मेरो बहिनीको जीवन तपाईको हातमा छ, विरामी थापाको दाई हेमराज थापाले भन्नुभयो— सहयोग गरिदिनका लागि अनुरोध गर्छु । थापालाई सहयोग गर्न ग्लोबल आई.एम.ई काठमाण्डौको पानीपोखरी शाखामा रहेको खाता नं. ३३०७०१००३६५४७ मा रकम जम्मा गर्न सकिने वा ९८४७६–५९२१४ र ९८४६२–६२५९३ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने बुबा रामबहादुर थापाले बताउनुभयो ।

कमेन्टहरु
Loading...