पोखरा । नेपालमा थप १ सय ७६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा १ सय ७६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको छ । हाल नेपालमा १ हजार ६ सय ७२ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो घण्टाको अवधिमा नेपालमा थप ३ हजार ४ सय ५६ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप १ सय १७ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७३ हजार २ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप कसैले पनि ज्यान गुमाएका छैनन् । हाल नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३२ रहेको छ ।