प्रस्तावित न्यायाधीशद्वयको वैशाख ३ गते संसदीय सुनुवाई

काठमाडौं । सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनुवाई आगामी वैशाख ३ गते हुुने भएको छ ।

संघीय संसद् संसदीय सुनुवाई समितिले प्रस्तावित न्यायाधीशद्वय कुुमार चुंडाल र नहकुल सुवेदीलाई सुनुवाईका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।

समितिको आजको बैठकले उनीहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तालाई बोलाएर जानकारी माग ग¥यो ।

प्रस्तावित न्यायाधीश चुंडालविरुद्ध २ र सुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए । चुंडालविरुद्धको उजुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताएका छन् । प्रस्तावित न्यायाधीश सुवेदीविरुद्धका पाँचमध्ये ४ जना उजुरीकर्ता समितिमा उपस्थिति भई आआफ्ना कुुराबारे बैठकलाई ध्यानाकर्षण गराएका थिए । बैठकमा उजुरीकर्ताले उठाएका कतिपय योग्यतालगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...